जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तान सरकारद्वारा तीन करोड ८० लाख अमेरिकी डलर भन्दा बढीका २१ वटा पूर्वाधार परियोजना स्वीकृति

अफगानिस्तान सरकारद्वारा तीन करोड ८० लाख अमेरिकी डलर भन्दा बढीका २१ वटा पूर्वाधार परियोजना स्वीकृति

काबुल। अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले दुई अर्व ५० करोड अफगानी (लगभग तीन करोड ८० लाख अमेरिकी डलर) बराबरका २१ वटा पूर्वाधार परियोजनाहरू स्वीकृत गरेको छ ।

आर्थिक मामिला उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ३३ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी २१ वटा स्वीकृत गरेको जनाइएको छ ।

स्वीकृत पहलमा पाँच वटा एयरपोर्टमा भन्सार कार्यालयहरूका लागि स्क्यानर खरिद, सडक निर्माण, पानीको बाँधको लागि डिजाइन र सम्भाव्यता अध्ययन, बिजुली आपूर्ति परियोजनाहरू, सार्वजनिक अस्पतालहरूको निर्माण, र बिजुली प्रसारण तथा वितरण परियोजनाहरूको कार्यान्वयन समावेश छ ।

यी परियोजनाहरू अफगानिस्तानको घरेलु बजेटबाट पूर्ण रूपमा वित्त पोषित छन्, जसको उद्देश्य चलिरहेको आर्थिक चुनौतिहरूलाई सम्बोधन गर्ने र देशको सवृद्धिको प्रयास बिच रोजगारी सिर्जनालाई बढावा दिने रहेको जनाइएको छ ।

आधिकारिक तथ्याङ्कले अफगान सरकारले सन् २०२५ मा राष्ट्रव्यापी रूपमा लगभग दुइ अर्व अमेरिकी डलर बराबरका ५६२ वटा विकास र पूर्वाधार परियोजनाहरूलाई अनुमोदन गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका