जोडिनुहोस
  • होमपेज
  • एमाले अध्यक्ष ओली अदालत नगई भर्चुअल हाजिर हुने

एमाले अध्यक्ष ओली अदालत नगई भर्चुअल हाजिर हुने

शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अदालत उपस्थित नहुने भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली म्याद थपका लागि सरकारी वकिलको कार्यालय उपस्थित नहुने भएका हुन् ।

स्वास्थ्यको ख्याल गर्दै उनलाई भर्चुअल हाजिर गराउने तयारी भएको छ ।

शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई भने म्याद थपको लागि सरकारी वकिल कार्यालयमा हुँदै अदालतमा उपस्थित गराइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका