जोडिनुहोस
  • होमपेज
  • पौडेलको गिरफ्तारी एमालेमाथिको श्रृङ्खलाबद्ध षड्यन्त्रको निरन्तरताः अध्यक्ष ओली

पौडेलको गिरफ्तारी एमालेमाथिको श्रृङ्खलाबद्ध षड्यन्त्रको निरन्तरताः अध्यक्ष ओली

नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला गैरकानुनी ढङ्गले अपहरणको शैलीमा गिरफ्तार गरेकोप्रति घोर निन्दा र भत्र्सना गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति विज्ञप्ति जारी गरी वर्तमान सत्तापक्षले विपक्षी दलहरूप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा भएको बताएका छन् ।

‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ’, विज्ञप्तिमा अध्यक्ष ओलीले भनेका छन्,–सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ ।’

विज्ञप्तिमा सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ । पौडेललाई सोमबार अपरान्ह सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?