जोडिनुहोस
  • होमपेज
  • शासकीय सुधारका १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा लागू भएनन् : कांग्रेस

शासकीय सुधारका १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा लागू भएनन् : कांग्रेस

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।

संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारको कार्यसम्पादन सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो।

कांग्रेसले आफ्नो निर्णयमा भनेको छ, ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएका विषयलाई सशक्त रूपमा संसद्मा उठाउने, सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने तथा सरकारलाई जवाफदेही बनाउन प्रमुख प्रतिपक्षी दलको हैसियतले संसद्मा थप सक्रिय भूमिका निर्वाह गर्ने।’

बैठकले मन्त्रालयगत संयोजकहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि समीक्षा गर्दै प्राप्त सुझाव र निष्कर्षका आधारमा आवश्यक सुधारात्मक कार्य अघि बढाउन तथा कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?