जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री शाह नेतृत्वको दोस्रो क्याबिनेट बैठक बस्दै

प्रधानमन्त्री शाह नेतृत्वको  दोस्रो क्याबिनेट बैठक बस्दै

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को दोस्रो बैठक आह्वान गरेका छन् । सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो ।  सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सम्मित पोखरेलका अनुसार बैठकमा समसामयिक प्रशासनिक विषय, मन्त्रालयगत कार्यप्रगति तथा आगामी नीतिगत निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ ।

बालेन नेतृत्वको नयाँ सरकार गठन भएयता यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेर प्रारम्भिक प्रशासनिक तथा संरचनागत निर्णयहरू गरेको थियो । आजको बैठकलाई सरकारको कार्यशैली, प्राथमिकता निर्धारण र मन्त्रालयहरूबीच समन्वयको दृष्टिले महत्त्वपूर्ण मानिएको छ । विशेषगरी पछिल्ला राजनीतिक तथा प्रशासनिक घटनाक्रमबीच बस्न लागेको बैठकले केही नीतिगत सन्देश दिने अनुमान गरिएको छ ।

सिंहदरबारमा बस्ने बैठकबाट सुशासन, प्रशासनिक सुधार र सरकारको आगामी कार्यदिशाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका