
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई ‘खील निकाल्ने वर्ष’ को रूपमा चित्रण गरेका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई ‘खील निकाल्ने वर्ष’ को रूपमा चित्रण गरेका हुन् ।
लामिछानेले लेखेका छन्, ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।’
सभापति लामिछानेले मुलुकको बेथिति र पुराना राजनीतिक विकृतिहरूलाई उखेल्ने प्रयास गर्दा केही अप्ठ्यारो र पीडा हुनसक्ने संकेतसहित यस्तो बताएका हुन् । उनको पार्टी नेतृत्वको सरकारले भ्रस्टाचार र बेथितिविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताउँदै आएको छ ।
उनले आफ्नो र पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षको सुखद कामना समेत व्यक्त गरेका छन् ।



































