
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि बढाएका छन्। पार्टीको आधिकारिक विवाद सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्।
धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा चैत १९ गते बस्ने गरी जिल्ला सभापतिहरूको भेला बोलाएको एक नेताले बताए। त्यसअघि खड्काले चैत १७ र १८ गते १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि राखेका छन्।
कांग्रेस आधिकारिकता विवादका बीच चुनावमा होमिएको थियो। तर, पार्टी सभापति गगन थापासहित कांग्रेसका लज्जास्पद हार भएपछि तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि बढाएको हो।
यसअघि पनि खड्काको संयोजनमा, डा. शेखर कोइरालासहित शीर्ष नेताहरूको बेग्लै बेला राख्दै आएका थिए। देउवा पक्षले समानान्तर गतिविधि बढाएपछि कांग्रेसले अनुशासन समितिको बैठक डाकेको छ।
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी परेपछि कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ। देउवा समूहले अहिलेसम्म गगन थापालाई सभापति स्वीकारेको छैन।








































