जोडिनुहोस
शुक्रबार, फाल्गुन ८, २०८२
शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • छोराले नै गरे बुवालाई पार्टीबाट निकाल्न सिफारिस

छोराले नै गरे बुवालाई पार्टीबाट निकाल्न सिफारिस

नेपाली कांग्रेस मकवानपुरमा बुवा र छोराबिच राजनीतिक विवाद चर्किएको छ।

पार्टीको नीति र विधि विपरीत गतिविधि गरेको भन्दै महाधिवेशन प्रतिनिधि छोराले जिल्ला सदस्य रहेका आफ्नै बुवालाई कारबाहीको माग गरेका छन्।

कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकर न्यौपानेले आफ्ना बुवा एवं कांग्रेस मकवानपुर जिल्ला कार्यसमिति सदस्य चन्द्रबहादुर न्यौपानेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न जिल्ला नेतृत्वसमक्ष सिफारिस गरेका हुन्।

शंकरले जिल्ला सभापतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा बुवा चन्द्रबहादुरले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लगाएका छन्।

पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला सदस्य तथा मेरा पिताजी चन्द्रबहादुर न्यौपाने आगामी २०८२ फागुन २१ गतेको निर्वाचनलाई प्रभाव पार्ने गरी पार्टीको नीति, विधि, सिद्धान्त र उम्मेदवारलाई असर पर्ने किसिमको गतिविधिमा लागिरहनु भएकोले उहाँलाई नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि सिफारिससहित अनुरोध गर्दछु।’

शंकरले उक्त पत्रको बोधार्थ कांग्रेस बागमती प्रदेश सभापति, मनहरी गाउँपालिका सभापति तथा वडा नं-४ का सभापतिलाई समेत दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका