जोडिनुहोस
  • होमपेज
  • कांग्रेसमा विशेष महाधिवेशनका लागि दबाब बढाउदै

कांग्रेसमा विशेष महाधिवेशनका लागि दबाब बढाउदै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिलाई तत्काल विशेष महाधिवेशनको पक्षमा निर्णय लिन माग गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता देवराज चालिसेले कार्यतालिका प्रभावित भइसकेको नियमित महाधिवेशन हुन नसकेकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताउनुभयो ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार नियमित महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारीमा हुनुहुन्छ ।

जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा अहिलेकै नीति र नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने भन्दै उहाँहरूले विशेष महाधिवेशनको माग गर्दै आउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका