जोडिनुहोस
  • होमपेज
  • भारतमा विधान सभा निर्वाचन : फिल्म स्टार विजय थलपति राजनीतिको केन्द्रमा

भारतमा विधान सभा निर्वाचन : फिल्म स्टार विजय थलपति राजनीतिको केन्द्रमा

भारतका चारवटा राज्य र केन्द्र शासित प्रदेश पुडुचेरीमा अप्रिलमा सम्पन्न निर्वाचनको मतपरिणामसँगै धेरैको ध्यान अहिले तमिलनाडुमा केन्द्रित छ ।

सबैभन्दा रोचक नतिजा यस राज्यमा देखिएको छ, जहाँ अभिनय हुँदै राजनीतिमा प्रवेश गरेका विजय थलपति नेतृत्वको तमिलागा वेट्री कंजगम (टिभिके) पार्टी २३४ सदस्यीय विधानसभा निर्वाचनमा १०८ सिटमा अगाडि छ ।

दुई वर्षअघि मात्र स्थापना गरेको पार्टीले सत्तारुढ डिएमके र प्रमुख विपक्षी एडिएमकेलाई चुनौती दिएको छ । निर्वाचनमा मुख्यमन्त्री एमके स्टालिन नै पराजित भएका छन् ।

स्टालिनलाई टिभिकेका उम्मेदवार बिएस बाबुले पराजित गरेका हुन् । स्टालिन सन् २०११ देखि लगातार कोलाथुर निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका थिए र यसपटक पनि उनले सहजै जित्ने अनुमान गरिएको थियो । पार्टीको विजयसँगै थलपति मुख्यमन्त्री बन्ने निश्चितजस्तै बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका