जोडिनुहोस
  • होमपेज
  • ट्रम्प भन्छन्– इरानको तेल स्रोत र खार्ग टापु कब्जा गर्न सकिन्छ

ट्रम्प भन्छन्– इरानको तेल स्रोत र खार्ग टापु कब्जा गर्न सकिन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल स्रोत कब्जा गर्ने सम्भावना रहेको बताएका छन् । फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले आवश्यक परे इरानको प्रमुख तेल केन्द्र खार्ग टापु समेत नियन्त्रणमा लिन सकिने बताएका हुन् ।

ट्रम्पले भने, ‘साँचो कुरा भन्नुपर्दा, मलाई मनपर्ने कुरा भनेको इरानको तेल लिनु हो, तर अमेरिकाभित्र केही मानिसहरूले ‘यस्तो किन गरिरहेका छौं’ भनेर प्रश्न उठाइरहेका छन्, तर तिनीहरू मूर्ख मानिस हुन् ।’ अझ अगाडि उनले यसको मतलब अमेरिकाले खार्ग टापु लिन सक्ने बताए । ‘हामी खार्ग टापु लिन सक्छौं, नलिन पनि सक्छौं । हामीसँग धेरै विकल्प छन् । तर यदि टापु लियौं भने केही समय त्यहाँ बस्नुपर्ने हुन्छ ।’

इरानले उक्त टापुमा कस्तो सुरक्षा व्यवस्था गरेको छ भन्ने प्रश्नमा ट्रम्पले त्यसलाई कमजोर भन्दै त्यहाँ खासै रक्षा प्रणाली नभएको र आफूहरूले सजिलै नियन्त्रणमा लिन सक्ने दाबी गरेका थिए । उनको यो अभिव्यक्ति अमेरिकाले पश्चिम एशियामा सैन्य उपस्थिति बढाइरहेको बेला आएको हो ।

पछिल्लो समय थप ३ हजार ५०० अमेरिकी सेना पश्चिम एशिया पुगेका छन् । यसले क्षेत्रीय तनाव अझै बढ्ने चिन्ता व्यक्त गरिएको छ ।विश्लेषकहरूका अनुसार यसले इरानबाट अमेरिकी सेनामाथि सम्भावित आक्रमणको जोखिम पनि बढाउन सक्छ । यसैबीच, अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भइरहेको पनि ट्रम्पले बताएका छन् ।

उनका अनुसार पाकिस्तानमार्फत ‘दूतहरू’ प्रयोग गरेर संवाद अघि बढिरहेको छ । यद्यपि, सम्भावित युद्धविराम सम्झौता कहिले हुन सक्छ भन्नेबारे उनले स्पष्ट टिप्पणी गरेनन् । ‘सम्झौता चाँडै हुन सक्छ,’ ट्रम्पले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका