जोडिनुहोस
  • होमपेज
  • बालेनमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ

बालेनमाथि गोली प्रहार भएको भन्दै भ्रामक सूचना फैलाउने युवक पक्राउ

सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको अभियोगमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–७ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटकमा `झापामा बालेन साहमाथि गोली प्रहार´ लेखेर पोस्ट गरी भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–५, डबली चोकबाट पक्राउ गरेको हो । उनीउपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।

निर्वाचनमा भ्रामक सूचना आन्दोलन सम्प्रेषण गर्नेउपर निगरानी र कारबाही भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका