जोडिनुहोस
  • होमपेज
  • तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन सरकार दृढ छ : गृहमन्त्री अर्याल

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन सरकार दृढ छ : गृहमन्त्री अर्याल

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन सरकार अघि बढिरहेको बताउनुभएको छ ।

फागुन–२१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आज विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सरकार दृढ भएर लागेको बताउनुभयो ।

उहाँले, वर्तमान सरकार दिन गनेर सरकारमा नबस्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराएर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रष्ट पार्नुभयो ।

मन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने पवित्र मनसायका साथ जेन जी युवाहरूको जगमा वर्तमान नागरिक सरकार निर्माण भएकाले सरकारले शान्ति सुव्यवस्था मिलाउँदै निर्वाचन तयारीका लागि तीनवटै तहका सरकारसँग समन्वय र सहकार्य गरिरहेको बताउनुभयो ।

सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन कोशी प्रदेश सरकार संघीय सरकारसँग समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका