जोडिनुहोस
  • होमपेज
  • भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, आजै स्वदेश फर्किंदै रवि लामिछाने

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, आजै स्वदेश फर्किंदै रवि लामिछाने

परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्।आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनले भारत भ्रमण गर्न लागेका हुन्। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि सुरु भई आइतबार टुङ्गिने जनाएको छ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन्।व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने छन्।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनेछन्।

यता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने भएका छन्।

एकै दिन नेपालका परराष्ट्रमन्त्री भारततर्फ प्रस्थान गर्न लागेका र प्रमुख राजनीतिक दलका नेताको भ्रमण सकिएर स्वदेश फर्किन लागेका कारण कूटनीतिक तथा राजनीतिक वृत्तमा यस घटनाक्रमलाई चासोका साथ हेरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका