जोडिनुहोस
  • होमपेज
  • विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक

विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्था अनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गर्न लागिएको जनाएका हुन् ।

पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विषेश महाधिवेशन नहुने परिकल्पना नगरेको र विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवशेनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार कसैलाई नरहेको उनीहरुले जनाएका छन् ।

पत्रकार सम्मेलनमा महाधिवेशन पक्षधरहरुको तर्फबाट कांग्रेस नेता सुवास पोखरेलले विशेष महाधिवेशन सम्पन्न गर्न बिभिन्न तयारी व्यवस्थापनसम्बन्धी १८ वटा उपसमिति गठन गरिएको जानकारी दिनुभयो । उहाले विशेष महाधिवेशनको अघि केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास व्यक्त गर्नुभयो ।

उनीहरुले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुको सक्रिय उपस्थीति र सहभागीताका लागि आग्रह समेत गरेका छन् । पार्टीको एकतालाई थप सुदृढ पार्न विशेष महाधिवेशन कोसेढंगा सावित हुने विशेष महाधिवेशन पक्षधरले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका