जोडिनुहोस
  • होमपेज
  • चुनाव जसले जिते पनि सन्तान गुमाएकी आमाले हार्नु हुन्न : गगन थापा

चुनाव जसले जिते पनि सन्तान गुमाएकी आमाले हार्नु हुन्न : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले यो निर्वाचन जसले जिते पनि भदौ २३ र २४ मा सन्तान गुमाएकी आमाले हार्न नहुने बताएका छन्।

आइतबार कीर्तिपुरमा आयोजति पार्टीको सभालाई सम्बोधन गर्दै सभापति थापाले विशेष परिस्थितिमा हुन लागेको निर्वाचनले देशमा सुशासनको प्रत्याभूति दिलाउनुपर्ने प्रष्ट पारे।

‘यो चुनावमा को जित्छ र को हार्छ त्यो हाम्रो (पार्टी) लागि महत्वपूर्ण हो। तर, जो जिते पनि, जो हारे पनि भाद्र २३ मा आफ्नो सन्तान गुमाएको आमाले यो चुनावमा हार्नु हुन्न,’ थापाले भने, ‘चुनावपछि देश जुन बाटोमा जान्छ, कम्तिमा मेरो छोरा–छोरीले दिएको सहादत अर्थपूर्ण भएछ, देश सुशासनको बाटोमा हिँडेछ भन्ने कुरा उनलाई भरोसा हुनुपर्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका