जोडिनुहोस
  • होमपेज
  • दुर्गा प्रसाईंलाई चुनावसम्म हिरासतमै राखिने, प्रशासनले दियो अनुमति

दुर्गा प्रसाईंलाई चुनावसम्म हिरासतमै राखिने, प्रशासनले दियो अनुमति

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा बस्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।

यो सँगै प्रसाईं अब फागुन २२ गतेसम्म प्रहरी हिरासतमा बस्ने छन्। फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन फागुन २१ गते छ।

उनलाई आइतबार बिहान भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जगेबुका अनुसार उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईंले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्।

राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए।

पछिल्लोपटक उनी यही फागुन ४ गते पक्राउ परेर सर्वोच्चको आदेशमा १३ गते रिहा भएका थिए।

प्रसाईँलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका थिए।

विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका