जोडिनुहोस
  • होमपेज
  • अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन् –एमाले पार्टी तपाईंको मात्र पेवा होइन

अष्टलक्ष्मी शाक्यले ओलीलाई भनिन् –एमाले पार्टी तपाईंको मात्र पेवा होइन

नेकपा एमालेकी पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले पार्टी केपी शर्मा ओली मात्र पेवा नभएको बताएकी छिन् । शुक्रबारदेखि ओली निवास गुण्डुमा एमालेको सचिवालय बैठक जारी छ ।

बैठककै बिचमा उनले केहि बेरअघि सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीको घमण्ड र गुटगत सोचउस्तै रहेको उल्लेख गर्दै एमाले केपी ओली गुटको कम्पनी नभएको दाबी गरिन् । उनले केपी ओलीले तीन कार्यकाल पार्टीको नेतृत्व गरिसकेकाले यतिबेला कार्यकर्ताको भावना बुझ्न आगह गरिन् ।

निर्वाचनपश्चात गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज कमजोर स्थितिमा पुगेको  भन्दै उनले  पुन: नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिने विश्वास व्यक्त गरेकी छिन् । समयको माग  विचार ,सामूहिकता,संघर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला भएकाले युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्न अनुरोध गरिन् ।

उनले लेखेकी छन् ‘अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौं कार्यकर्ताहरूको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईँको गुटको कम्पनी पनि होइन।त्यसैले कमरेड सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ। अहिले एक्काइसौँ शताब्दीमा छौं हामी । आजको समयको माग  विचार,सामूहिकता, संघर्ष  र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो । अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ।’

उनले यही बैठकबाट स सम्मान अध्यक्ष पदबाट बिदा हुन पनि ओलीलाई आग्रह गरिन्। ‘नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ।व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थ भावना राखेर कामगर्ने बेला हो ।आजको समयको माग पनि यही हो,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका