जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री बालेनलाई प्रदीप ज्ञवालीको प्रश्न-बागमतीमा बगेकाे सुकुम्बासीका आँसुले नेपाल हाँसेको देखिन्छ ?

प्रधानमन्त्री बालेनलाई प्रदीप ज्ञवालीको प्रश्न-बागमतीमा बगेकाे सुकुम्बासीका आँसुले नेपाल हाँसेको देखिन्छ ?

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सुकुम्वासी बस्ती हटाउन सरकारले चालेको कदमप्रति असन्तुष्टि जनाएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री बालेन शाहलाई बागमतीमा बगेको आँसुले नेपाल हासेको देखिन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘प्रधानमन्त्रीजीको म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने सुन्दर नारा छ । तर बागमतीको किनारमा बगिरहेको आँसुले नेपाल हाँसिरहेको देखिन्छ कि नेपाल रोइरहेको ? खराब मान्छेहरू होलान्, स्क्रिन गर्न सकिने ठाउँ थियो नि । थापाथलीमा हजारभन्दा बढी नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, छक्कै परियो यो सेनासमेत त्यहाँ थियो ।’

उनले वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर चलाएर सरकारले राम्रो लक्षण नदेखाएको बताए । उनले तराई–मधेस क्षेत्रका साना व्यापार र सीमावर्ती गतिविधिमा देखिएका समस्याले नेपाल–भारत सम्बन्धमा समेत असर पार्न सक्ने बताए ।

उनले थपे, ‘मधेसको जिल्ला समन्वय समितिका प्रमुखजीहरू आउनुभयो होला, सय रुपैयाँको सामानमा तानातान भएको छ ।

नेपाल–भारत सम्बन्धको एउटा महत्त्वपूर्ण कम्पोनेन्ट भनेको पिपल टु पिपल कनेक्सन हो । त्यो पिपल टु पिपल कनेक्सनमा भोलि समस्या आउने हो कि ? यस्ता थुप्रै कुराहरू छन् ।’

सरकारले अध्यादेशमार्फत कानुन ल्याउने अभ्यासप्रति पनि उनले असन्तुष्टि जनाए। संसद् चलिरहेको अवस्थामा अध्यादेश ल्याउनु अपवाद हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका