
बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेको ८ वटै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समेत जारी गरेका हुन् ।
यसअघि राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पुनर्विचारका लागि फिर्ता पठाएकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेशलाई हुबहु पठाएपछि अन्ततः राष्ट्रपतिले मंगलबार भने जारी गरेका हुन् ।
यस्तै वैशाख २० गते राष्ट्रपतिले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । यस्तै वैशाख १९ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले जारी गरेका थिए ।







































