जोडिनुहोस
शुक्रबार, फाल्गुन ८, २०८२
शुक्रबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • धादिङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

धादिङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

धादिङ । धादिङको धार्के–महादेवबेशी सडकखण्ड अन्तर्गत १० किलो क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट नुवाकोट हुँदै रसुवा जाँदै गरेको बस र दाङबाट काठमाडौं जाँदै गरेको रात्रीबस आपसमा ठोक्किँदा सडक छेउमा चिया खाइरहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो। मृतक सडक छेउमा रोकिराखिएको टिपरका चालक रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार दाङबाट काठमाडौं जाँदै गरेको रात्रीबसले नियन्त्रण गुमाउँदै लेन पार गरी सडक छेउमा ठक्कर दिएको थियो। दुर्घटनामा चियापसल र घुम्ती पसलमा समेत क्षति पुगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका