
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षका कार्यकर्ताहरूले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । विशेष महाधिवेशनको निर्णय गर्न माग गर्दै उनीहरूले मंगलबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि आक्रोशित हुँदै नारा लगाएका थिए ।
साथै विशेष महाधिवेशन पक्षका कार्यकर्ताले पार्टी बैठकका लागि पुगेका नेताहरूलाई कार्यालय प्रवेशमा अवरोध गरेका छन् । नियमित महाधिवेशन पक्षका नेताहरूविरुद्ध नाराबाजी गरेका छन् ।































