जोडिनुहोस
  • होमपेज
  • टी२० विश्वकपमा आज तीन खेल हुँदै

खेलकुद

टी२० विश्वकपमा आज तीन खेल हुँदै

  • EON
  • बुधबार, चैत्र १८, २०८२
टी२० विश्वकपमा आज तीन खेल हुँदै

आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप अन्तर्गत शनिबार समूह चरणका तीन खेल हुँदैछन्।

आयरल्यान्ड र ओमान, इङ्ल्यान्ड र स्कटल्यान्ड तथा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको प्रतिस्पर्धाले सुपर–एटको समीकरणमा निर्णायक भूमिका खेल्ने छन्।

पहिलो खेलमा श्रीलंकाको कोलोम्बोस्थित एसएससी क्रिकेट ग्राउन्डमा आयरल्यान्ड र ओमान भिड्दै छन्। दुवै टोली यसअघिका खेलमा पराजित भएकाले आजको खेल प्रतिष्ठाको लडाइँ जस्तै बनेको छ।

त्यस्तै, दोस्रो खेल भारतको कोलकातास्थित इडेन गार्डेन्समा हुनेछ, जहाँ इङ्ल्यान्डले स्कटल्यान्डको सामना गर्नेछ। समूह सीमा रहेको इङ्ल्यान्डका लागि यो खेल जित्नैपर्ने दबाब छ, किनकि यसअघि नेपालसँगको कठिन जित र वेस्टइन्डिजसँगको पराजयले उसको रनरेट कमजोर छ।

अर्कोतर्फ, यसअघि इटालीलाई हराएको स्कटल्याण्ड उच्च मनोबलसहित मैदान उत्रिँदैछ। आजको सबैभन्दा प्रतिक्षित खेल भने अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच हुनेछ।

समूह डीका यी दुई टोलीलाई आफ्नो उत्कृष्ट लय कायम राख्ने दबाब छ। दुवै टोली आफ्ना अघिल्ला खेल जितेर उत्कृष्ट लयमा रहेकाले आजको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका