जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी निर्वाचन महासंग्राम ! प्रदिप र चन्द्रलाई सागरको चुनौती ! विष्णु र शंकर संकटमा ! रास्वपा एक्सनमा !

लुम्बिनी निर्वाचन महासंग्राम ! प्रदिप र चन्द्रलाई सागरको चुनौती ! विष्णु र शंकर संकटमा ! रास्वपा एक्सनमा !

फाल्गुन २१ को प्रतिनिधि सभाको लुम्बिनी प्रदेशको १२ जिल्लामा रहेको २६ सिटका लागि राजनीतिक दलहरु चुनावी अकंगणितमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बढ्दो लहरले यसपटक देशैभरको चुनावी परिणाम अनपेक्षित आउने देखिन्छ । साथै, अघिल्ला चुनावहरुमा गठबन्धन गर्ने दलहरु यसपटक एक्लाएक्लै चुनावमा होमिदा मतपरिणाम फरक आउने देखिन्छ । लुम्बिनीको गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी र नेकपा एमालेका प्रदीप ज्ञवाली मुख्य प्रतिस्पर्धी बनेका छन् । भण्डारी र ज्ञवाली प्रत्येक चुनावमा पालैपालो चुनाव जित्दै आएका छन् । रास्वपाका सागर ढकालले यस क्षेत्रमा प्रभाव पार्न सक्ने देखिएको छ ।
गुल्मी २ मा एमालेबाट अघिल्लो चुनावमा यही क्षेत्रबाट निर्वाचित गोकर्ण विष्ट उम्मेदवार बन्दा अन्य दलका उम्मेदवारलाई भारी परेका छन् । यता, तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा तीन वटै सिट रास्वपाले जित्ने दाबी गरिरहेको छ । रास्वपाको यो आकंलनलाई नकार्न पनि सकिदैन । दाङ १ मा अघिल्लो पटक तत्कालिन एकीकृत समाजवादीका मेटमणि चौधरीले जितेकोमा यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उनी नै उम्मेदवार छन् । उनलाई रास्वपाका देवराज पाठकले चुनौती बनेका छन् । दाङ २ मा एमालेका शंकर पोखरेल उम्मेदवार बन्दा यसपटक पनि उनलाई जित निकाल्न सहज छैन । रास्वपाका विपिन आचार्य साथै कांग्रेस र नेकपाका उम्मेदवार पनि भारी परेका छन् ।
दाङ ३ मा कांग्रेस दिपक गिरी यसपटक पनि चुनाव जित्ने दाउमा छन् । तर एमालेका घनश्याम पाण्डे र रास्वपाका कमल सुबेदी उनका लागि भारी पर्ने देखिन्छ । यता, रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्र मध्ये २, ३ र ५ रास्वपाले जित्ने विश्लेषण गरेको छ । अघिल्लो चुनावमा रुपन्देहीका तीन वटै क्षेत्र एमालेले जितेको थियो । रुपन्देही २ मा एमालेका विष्णु पौडेललाई रास्वपाका सुलभ खरेलले चुनौती दिएका छन् । ०७९ मा पौडेलले चुनाव जित्दा रास्वपाका उम्मेदवारले पौडेललाई पछ्याएका थिए । रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहालले जित्नेमा ढुक्क छन् । दाहालको उम्मेदवारीले अरु दलका उम्मेदवारहरु पनि छायामा परेका छन् ।
रोल्पामा नेकपाका वर्षमान पुन उम्मेदवार हुदा अन्य दललाई उनी भारी परेका छन् । बाँकेको तीन वटा क्षेत्र मध्ये दुई क्षेत्र रास्वपाले जित्ने आकंलन गरेका छन् । पश्चिम नवलपरासीका दुई क्षेत्र मध्ये एक क्षेत्र नेकपाले जित्ने दाबी गरेको छ । प्युठानमा यसपटक पनि एमालेका सूर्य थापा जित निकाल्ने सुरमा छन् । बर्दिया १ मा कांग्रेसका सञ्जय गौतम र बर्दिया २ मा किशोरसिंह राठोर उम्मेदवार छन् । उनीहरु यसपटक पनि जित निकाल्ने दाउमा छन् । पाल्पा १ मा एमालेबाट अघिल्लो चुनावमा निर्वाचित नारायण आचार्य यसपटक पनि उम्मेदवार छन् । पाल्पा २ मा एमालेका ठाकूर गैरे, नेकपाका सोम पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो चुनावमा कपिलबस्तुका तीन वटा क्षेत्र मध्ये दुई क्षेत्र एमालेले जितेकोमा यसपटक पुराना निर्वाचित उम्मेदवार मैदानमा नहुदा त्यस क्षेत्रमा विरासत जोगाउन कठिन छ । अर्घाखाँची १ लाई एमालेले जितको लिस्टमा राखेको छ ।
अघिल्लो चुनावमा यस क्षेत्रको २६ सिट मध्ये एमालेले ११, कांग्रेसले ६, तत्कालिन माओवादीले ३, राप्रपाले ३ सिट जित्दा रास्वपाले लुम्बिनीको एक सिट पनि जितेको थिएन । यसपटक रास्वपाले लुम्बिनीले ११ सिट जित्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका