
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगरेको जनाउँदै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीले उनलाई जरिवाना तिराएको छ ।
साम्पाङले केही दिनअघि एउटा हातले मात्र मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त भिडियो यतिबेला समाजिक सञ्जालमा भाइरल छ ।
उनलाई सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ ९१० ङ। १८ बमोजिम लापरवाही गर्न नहुने कसुरमा जरिवाना गरिएको ट्राफिक व्यवस्थापन कार्यालयका एक अधिकृतले जानकारी दिए । जसअनुसार पहिलो पटक लापरबाही गरेको व्यक्तिको हकमा पाँच सयदेखि १५ सयसम्म जरिवाना गर्ने व्यवस्था छ ।
‘उहाँको पहिलोपल्ट भएकाले सामान्य जरिवाना तिराएका छौँ, फेरि दोहोरिएमा कडा कारबाही हुन्छ’, ती अधिकृतले भने ।









































