जोडिनुहोस
  • होमपेज
  • ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइ गर्न मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा ओलीको रिट न्यायाधीश मेघराज पोखरेल र लेखकको कुमार रेग्मीको इजलासमा परेको छ । ओलीको हकमा पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधाले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । गैरकानूनी रूपमा पक्राउ गरी हिरासतमा लिएको भन्दै रिटमा उनीहरूलाई छाड्न माग गरिएको छ ।

जेन-जी आन्दोलनमा हेलचेक्रयाइँ गरेको भन्दै गौरी आयोगको सिफारिसको आधारमा ज्यानसम्बन्धी कसुरमा प्रहरीले २ नेतालाई शनिबार बिहान पक्राउ गरेको थियो । हिजो काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका