जोडिनुहोस
  • होमपेज
  • मधेश प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

मधेश प्रदेशमा  तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय भएको छ ।
सरकार गठन भएको लगभग एक महिनापछि मुख्यमन्त्री यादवले ६ जना मन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । नवनियुक्त मन्त्रीहरुलाई बुधबार प्रदेश प्रमुख डा‍ सुरेन्द्र लाभले पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।
नयाँ मन्त्रीहरुमा मनिष सुमनले श्रम तथा यातायात, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरीले वन तथा वातावरण, श्यामप्रसाद पटेलले भूमि, व्यवस्था कृषि तथा सहकारी, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका