जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सहज छ। साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ। बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

वृषः शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ। साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन्। राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ। लगानी गर्ने योजना भए हिम्मत गर्दा हुन्छ।

कर्कटः दिन राम्रो छ। आजको निर्णय दीर्घकालीन बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथ मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः इज्जत बढ्नेछ। धन आर्जन हुने दिन छ। पूराना मित्रसँगको भेटले मनमा उत्साह थपिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

कन्याः मनमा खटपटी बढ्नेछ। आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ। धार्मिक भ्रमणको अवसर मिल्नेछ।

तुलाः आज राम्रो अवसर प्राप्त हुनेछ। गुम्न लागेको धन हात लाग्नेछ। शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्छ।

वृश्चिकः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सरस्वतीको आरधना गर्ने समय छ। जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ। सानो कुराले मन भने चञ्चल हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

धनुः मन अशान्त बन्नेछ। समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ। विपक्षी साथीको साथ लिएर राम्रो काम गर्ने हिम्मत गर्नुपर्नेछ। व्यापारमा लाभ हुने योग छ ।

कुम्भः दिन सहज छ। नबुझेको कुरा बुझे भन्ने बानीले समस्या हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नुपर्ने दिन छ। राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः धनलक्ष्मी योग परेको छ। हरेक क्षेत्रमा डुब्न लागेको लगानी हात लाग्नेछ। शिक्षा क्षेत्रमा मिहेनतको खाँचो छ। हरेक काममा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका