Thursday March 28, 2024 | |

कञ्चनपुरमा फर्निचर उद्योगबाटै गैरकानुनी रुपमा काठको कारोबार

featured-news

कञ्चनपुर– गैरकानुनी रुपमा काठको कारोबार भएको पाइएपछि प्रहरीले कञ्चनपुरस्थित एक फर्निचर उद्योगबाट काठ बरामद गरेको छ ।

प्रहरीका अनुसार गैरकानुनी रुपमा फर्निचर उद्योगमा काठको कारोबार हुने गरेको सूचनाका आधारमा भीमदत्त नगरपालिका–१० को फर्निचर उद्योगबाट काठ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार रमेश भट्टले सञ्चालन गरिरहेको फर्निचर उद्योगबाट मंगलबार ३४०।४१ क्युबिक फिट आँप, टुडी, मसाला र सिसम जातको काठ बरामद गरिएको हो ।

काठसहित सञ्चालक भट्टलाई प्रहरीले डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार