Thursday April 25, 2024 | |

सिरियामा रहेका नेपाली महिला फर्किन चाहेनन्

featured-news

काठमाडौं । हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार (हाउससमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।

सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् ।

सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो ।

दूतावासका प्रवक्ता सुजन बिडारीले भने, 'उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं । तर, उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार