Friday March 29, 2024 | |

२६ जना मध्य २३ जना बंगलादेशीको शव ढाका पठाइयो

featured-news

कासठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु भएका २६ जना मध्ये २३ जनाको शव सोमबार बंगलादेश पठाइएको छ । बंगलादेशी सरकारले शव लिनका लागि त्यहाँको वायु सेनाको सैनिक विमान काठमाडौं पठाएको थियो । यहाँबाट लगिएका शवलाई सुरुमा राजधानी ढाकास्थित सैनिक रंगशालामा श्रद्धाञ्जलीका लागि राखिने छ । श्रद्धाञ्जली दिनका लागि प्रधानमन्त्री शेखहसिना वाजेद पनि रंगशाला जाने बताइएको छ । तत्पश्चात शवहरुलाई अन्तिम संस्कारका लागि परिवारको सदस्यलाई दिइने बंगलादेशी मिडिया ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
यूएस–बंगला एयरलाइन्सको विमानमा विमानस्थलमा अवतरणको क्रममा दुर्घटना हुँदा घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाँको मृत्यु भएको थियो । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बााकी सनाखतको प्रक्रियामा छन् ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार