काठमाडौं । गत ९ गते बुधबार, रुपन्देहीको देवदहमा भएको प्रहरी इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले मारिए । सर्चमा रहेको प्रहरी टोली र गुन्डा नाइके पुनको समुहविच दोहोरो मुठभेड हुँदा प्रहरीको गोली लागि एउटै घटनामा दुईजना मारिएका हुन् । मनोज पुन र उनका सहयोगी माथि भएको प्रहरी इन्काउन्टर पछिल्लो घटना हो । यस अघि पनि पटक पटक इन्काउन्टरका घटना भएका छन् । पछिल्लो चार बर्षको अवधिमा मात्र प्रहरीको ‘इन्काउटर’ मा परी गुन्डा नाइके दिनेश अधिकारी चरी, अर्का गुण्डा नाइके कुमार घैंटे, मनोज पुन, सोम घले, लागूऔषध दुव्र्यशनी प्रविण खत्रीको मृत्यु भएको छ ।
यस्तो छ चार बर्षमा भएका इन्टकाउन्टर
–२०७१ साउन २१ गते, काठमाडौंको भीमढुङ्गामा प्रहरी इन्काउन्टरमा परि गुन्डा नाइके दिनेश अधिकारी उर्फ चरीको मृत्यु
–२०७२ भदौ ३ गते, काठमाडौंको कपुरधारामा प्रहरी इन्काउन्टरमा परि गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेको मृत्यु
–२०७४ असोज, ललितपुरको कुसुन्तीमा प्रहरी इन्काउन्टरमा परि लागूऔषध कारोवारी प्रवीण खत्रीको मृत्यु
–२०७४ फागुन ९ गते रुपन्देहीको देवदहमा प्रहरी इन्काउन्टरमा परि गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आलेको मृत्यु
यसबाहेक पनि यही अवधिमा प्रहरी इन्काउन्टरका घटना भएका थिए । तर, ती घटनामा व्यक्ति घाइतेमात्र बनेका थिए । अपराध गतिविधि मौलाइरहेको समाजमा यस्ता इन्काउन्टरका घटनाले दीर्घकालीन प्रभाव पार्ने विश्लेषकहरुको ठम्याई छ । पूर्वएआईजी नवराज ढकाल भन्छन् – यस्ता घटनाले आम जनतामा सुरक्षाको भावना सञ्चार गर्छ । आपराधिक गतिविधिमा लागेकाहरूमा नसुध्रिए यस्तै नियति भोग्नुपर्छ भन्ने सन्देश दिन्छ । कतिपयले इन्काउन्टरलाई मानवअधिकारको विषय सँग जोडेपनि मृत्यु दण्ड नभएका देशहरुमा यस्ता अभ्यासले अपराधका घटना कम हुने एक थरिको दाबी छ । त्यसो त नेपालमा देखिएको इन्काउन्टर शैली नयाँ भने होइन, चार दशक अघि नै डाँका र लुटेरा तह लगाउन इन्काउन्टर सुरु भएको पाइन्छ ।
यस्तो छ प्रहरी इन्काउन्टरको इतिहास
नेपाल प्रहरीले डाँका तह लगाउन ईन्काउन्टर शुरु गरेको पाइन्छ । वि.सं. २०३० को दशकमा तराई क्षेत्रमा डाँकाहरुको विगविगी थियो । यतिसम्मकी रुपन्देहीको मर्चवारवासी त घरमा भएका नगद, गहना राति जमिनमुनि, परालको कुन्युमा लुकाएर सुत्थे र बिहान घरभित्र राख्ने गर्दथे । २०३८ सालमा अच्युतकृष्ण खरेल रुपन्देहीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर गएका थिए । त्यो सयमा स्थानीय डाँका समूहलाई सीमापारि मात्र डकैती गर्ने सर्तमा संरक्षण दिइएको थियो । डाँकाहरुको यो धन्दा तोड्न प्रहरीले अभियान सुरु गर्यो । अनि, त्यही अभियान अन्तर्गत धमाधम डाँकाहरुको इन्काउन्टर गर्न थाल्यो ।
यही क्रममा एघार डाँका मारिएपछि मर्चवार क्षेत्रका बासिन्दाले शान्तीको सास फेरेका थिए । त्यसपछि २०६२/६३ सालमा सीमापारिका अपराधीबाट अपहरण, हत्या, बलात्कार जस्ता घटना बढ्न थालेपछि पर्सामा स्थानीयले नै इन्काउन्टरको माग गरेका थिए । यही समयमा पर्साका प्रहरी प्रमुखको जिम्मेवारी लिएर पुगेका रमेश फुयाँलले दुईजनाको इन्काउन्टर गरे । त्यसपछिका प्रमुख भएर गएका जयबहादुर चन्दले दुई वटा घटनामा भटाभट ५ जनाको इन्काउन्टर गरे । त्यसपछि फेरीएका दुई जनाले ६ जना ढाले । निरन्तरको यी इन्काउन्टको घटना पछि त्यसक्षत्रमा स्थानियले ठूलो राहत पाएका थिए । तराईमा सशस्त्र समूहको सफायाका क्रममा मात्र २ सय ८१ जना इन्काउन्टरमा मारिएको तथ्याङ् छ । २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना पछि माफिया शैली मौलाएको मानिन्छ । त्यसयता राजनीतिको आवरणमा गुण्डागर्दर्ी गर्न सजिलो भयो र राजनीतिक संरक्षण पनि प्राप्त हुन थाल्यो । राजनीतिक आडमा गुण्डागर्दी मौलाइरहेको अवस्थामा एमाले निकट गुन्डा नाइके चरी र काँग्रेस निकट गुन्डा नाइके कुमार घैंटे मारिएपछि गुन्डाहरु असुरक्षीत महशुस गर्दै भागाभाग भएका थिए । त्यसयता पनि गुन्डा नाईके इन्काउन्टर श्रृङ्खला रोकिएको छैन । यस्ता घटनाले गुन्डाहरु तितरवितर हुन थालेका छन् ।
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
Nov 30, -0001
फेसबुकबाट तपाईको प्रतिक्रिया