Thursday March 28, 2024 | |

मुम्बर्इ हमलाका मुख्य अारोपी फारूक टकला दुबर्इमा पक्राउ

featured-news
 
 
मुम्बर्इः मुम्बर्इ बम हमलाका मुख्य अारोपी फारूक टकलालार्इ भारतीय प्रहरीले दुबर्इबाट पक्राउ गरेको छ। दाउद इब्राहिमका निकट टकलालार्इ दुबर्इमा पक्राउ गरी भारत ल्याइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

१९९३ मा भएको मुम्बर्इ बम हमलापछि फरार रहेका उनलार्इ पक्राउ गर्न भारतीय प्रहरीले अाग्रह गरेपछि इन्टरपोलले १९९५ मा रेडकर्नर नोटिस जारी गरेको थियो। 

उनलार्इ बहीबार विहान एयर इन्डियाको विमानबाट भारत ल्याइएको हो। मुम्बर्इमा उनसँग सीबीअार्इले सोधपुछ गरिरहेको छ। उनलार्इ अाज नै टाडा अदालतमा पेश गरी हिरासतमा राख्न अनुमति लिइने बताइएको छ। 

उनीसँगबाट सीबीअार्इले दाउदको बारेमा जानकारी लिन सक्ने छ। उनको गिरफ्तारी दाउद समूहका लागि ठूलो क्षती भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।  मुम्बर्इ हमलामा टकला दाउदसँगै मुख्य अारोपी हुन्। 

सन् १९९२ मार्च १२ मा मुम्बर्इमा एयर इन्डियाको कार्यालय, स्टक एक्सचेन्ज, होटल सिराक, होटल जुहू  सेन्टरलगायतका १२ स्थानमा बम हमला भएको थियो। घटनामा परी २५७ जनाको मृत्यु भएको थियो भने ७०० जना भन्दा बढी घाइते भएका थिए।  एजेन्सी।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार