Sunday April 28, 2024 | |

सम्पर्कविहीन भएका १९ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

featured-news

काठमाडौँ - नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दारगराउँदासमेत सम्पर्कमा नरहेका प्रहरीलाई सातदिनभित्र सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन सूचनामार्फत अनुरोध गरेको छ ।

आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार