Thursday April 25, 2024 | |

दुर्घटनामा परेको मोटरसाइकलमा भेटियो लागूऔषध

featured-news

मोरङ– दुर्घटनामा परेको मोटरसाइकलमा लागूऔषध भेटिएपछि प्रहरीले मोरङबाट तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्ने नजिक बिहीबार बिहान दुर्घटनामा परेको मोटरसाइकलबाट लागूऔषध भेटिएपछि तीनजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ छन् ।

एसपी खड्काका अनुसार धमला र भट्टराई सवार प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । त्यसपछि अनुसन्धानका क्रममा धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा ८९२ थान नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस जस्तो देखिने वस्तु भेटिएको भेटिएको हो ।

अहिले उनिहरुमाथि थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार