Wednesday July 9, 2025 | |

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

featured-news

जनकपुर ।धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ ।

बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैंचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरुको समूहले घरेलु हतियार, भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काले बताए ।

भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार