Sunday April 28, 2024 | |

भुटानी शरणार्थी प्रकरणः आज पनि थुनछेक बहस जारी

featured-news

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार पनि थुनछेक बहस जारी रहनेछ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् । उनी एमाले नेता टोपबहादुर रायमाझीका छोरा हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरिसकेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौटी माग गरिरहेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाई तेस्रो मुलुक अमेरिका पठाउने भन्दै करोडौ रुपैया ठगी गरेको आरोपमा नेपाल सरकारका सचिव, पूर्वगृहमन्त्री मन्त्री लगायत ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये हाल १८ जना प्रहरीको नियन्त्रणमा छन् भने बाँकी अझै फरार छन् । थुनछेक बहस सकिन अझै एक साता लाग्ने कानुन व्यवसायीहरूले बताएका छन् । अहिलेसम्मको स्थिति हेर्दा शरणार्थी प्रकरणमा पक्राउ परेका अधिकांश सामान्य धरौटीमा रिहा हुनसक्ने आकलन गरिएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार