Thursday March 28, 2024 | |

काठमाडौंको नयाँबस्तीमा बोराभित्र भेटियो मावन शरीरका केही अंग

featured-news

काठमाडौँ – काठमाडौको बौद्धस्थित नयाँबस्तीमा फ्याकिएको बोराभित्र मानव शरीरका केही अंग भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बोरा भित्र शवको केही अंग भेटिएको हो । परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘स्थानीयले खबर गरेपछि हामी घटनास्थल पुगेका थियौं । बोरा भित्र काटीएको अवस्थामा शवको केही अंग मात्र भेटिएको छ ।’

एसएसपी सिंहका अनुसार शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । एसएसपी सिंहले भने, ‘परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको प्रकृति हेर्दा केही दिनअघि नै हत्या भएको जस्तो देखिएको छ ।’

शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको एसएसपी सिंहले बताए । पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिएको उनले बताए । शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार