
हरियो अकबरे खुर्सानीको मूल्य बढेको छ । कालीमाटी बजार विकास समितिका अनुसार आज अकबरेको मूल्य २० प्रतिशत अर्थात किलोमै ५० रुपैयाँले बढेको हो । सोमबार २५० रुपैयाँ प्रतिकिलो कारोबार भएकोमा आजका लागि थोक मूल्य ३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।
यस्तै, आज भेडे खुर्सानीको मूल्य पनि बढेको छ । सोमबार ६८ रुपैयाँ ७५ पैसामा कारोबार भएकोमा आज बढेर ७५ रुपैयाँ किलो पुगेको छ हरियो खुर्सानी (माछे), हरियो खुर्सानी (बुलेट) को मूल्य भने यथावत रहेको छ ।
माछेको ५५ र बुलेटको प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हरियो खुर्खानी (लाम्चे)को भने घटेको छ ।
सोमबार ४६ रुपैयाँ २५ पैसामा कारोबार भएकोमा आज प्रतिकिलो ४५ रुपैयाँ निर्धारण गरिएको छ ।







































