राजनीति
गगनलाई मोहन बस्नेतको चेतावनी-वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्
0 टिप्पणी

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापालाई वडा सभापतिहरूमाथि कारबाही नगर्न चेतावनी दिएका छन् ।
पूर्व सभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाटै निकाल्दिने चेतावनी दिए ।
उनले भने, ‘तपाईँले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई तपाईँले हटाउनुभएको छ, अलग्गै गर्नुभएको छ यदि तपाईँले भनेको नमाने बाफत । उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, कृपया गगनजी ती सबै मान्छे सानेपा आएर तपाईँलाई पार्टी कार्यालयबाट निकाल्नेछन्। त्यसमा हाम्रो साथ दिन्छौँ। ‘
उनले विशेष महाधिवेशनलाई किर्तेको संज्ञा दिए । उनले अहिले क्रियाशील सदस्य नवीकरणको नाममा धेरै नाटक नगर्न चुनौती दिए। क्रियाशील सदस्यता छानबिन र निर्वाचन समिति सबैलाई मिलाएर बनाउन आग्रह गरे ।








































