
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छाड्न माग गर्दै एमालेले प्रदर्शन सुरू गरेको छ । आज ७७ वटै जिल्लामा र्यालीसहित गएर सीडीओमार्फत् सरकारको ध्यानाकर्षण गराउने एमालेको पूर्वघोषित कार्यक्रम छ ।
यसैक्रममा काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरूले प्रदर्शन थालेका छन् । यहाँ सम्भावित सुरक्षा चुनौतीलाई ख्याल गर्दै बिहानैदेखि प्रहरी तैनाथ गरिएको छ ।
केही नेता-कार्यकर्ता भने ज्ञापन पत्रसहित सीडीओ कार्यालय पुगेका छन् ।
चितवनमा पनि एमालेले सीडीओलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय तर्फ अघि बढेका नेता कार्यकर्तालाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सी भएको थियो ।



































