जोडिनुहोस
  • होमपेज
  • विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले पहल गरिरहेको छ–प्रधानमन्त्री कार्की

विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले पहल गरिरहेको छ–प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर परेको भन्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन सरकारले सकारात्मक पहल गरिरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने उहाले बताउनुभयो । उहाले देशको विकासका लागि शिक्षामा लगानी वृद्धि गर्नुपर्ने र विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएपछि रोजगारीको प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता लगाएतका चुनौती सामना गर्न युवाहरु तयार हुनुपर्ने उहाले बताउनुभयो । प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तरराष्ट्रियस्तरको शिक्षा सुनिश्चित हुन नसक्ने भएकाले प्राध्यापक–विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षाका लागि प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन थप क्रियाशील हुन जरुरी रहकेो धारणा राख्नुभयो ।

उच्च शिक्षाका लागि ठूलो हिस्सा विदेश जानुपर्ने अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यावहारिक शैक्षिक कार्यक्रम थप गर्न ध्यान दिनुपर्ने उहाको भनाइ छ ।

दीक्षान्त समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?