जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्वकप २०२६: नेपाल आज इङ्ल्यान्डसँग पहिलो खेल खेल्दै

टी–२० विश्वकप २०२६: नेपाल आज इङ्ल्यान्डसँग पहिलो खेल खेल्दै

काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तरगत नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालको पहिलो खेल विश्वकप विजेता रहिसकेको बलियो टिम इङ्ल्यान्डसँग हुदैछ । नेपाल र इङ्ल्यान्ड बिचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा अपराह्न ३:१५ बजे सुरु हुनेछ ।

इङ्ल्यान्डसँगको खेल खेल्नका लागि टोली तयार रहेको नेपालका कप्तान रोहित पौडेलले बताउनुभएको छ ।

क्याप्टेन्स मिटमा कप्तान रोहितले नेपालले यसअघिका खेलमा टेस्ट राष्ट्रलाई हराएको स्मरण गर्दै यस विश्वकपमा पनि हराउन सक्ने क्षमता रहेको बताउनुभएको थियो ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । यस समूहमा बलियो टोली दुई पटकको विजेता इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र स्कटल्यान्ड रहेका छन् ।नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्नेछ ।

यसै समूहको पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाइ इडेन गार्डेनमा स्कटल्यान्डलाइ पराजित गरेको छ ।

विभिन्न प्रतियोगिता तथा मैत्रीपूर्ण खेलका साथै प्रशिक्षणपछि ‘वार्मअप म्याच’बाट निखारिएका नेपाली खेलाडीहरू विगतको भन्दा अझ उत्कृष्ट नतिजा हासिल गर्दै मुलुकको छवि उच्च बनाउने लक्ष्यका साथ मुम्बईको क्रिकेट मैदानमा उत्रदैछन् ।

इङ्गल्याण्ड तुलनात्मक रूपमा नेपालभन्दा बलियो टिम हो । इङ्गल्याण्ड पुरुषहरूको टि–ट्वान्टी विश्व वरियतामा तेस्रो नम्बरमा रहेको छ । नेपाल भने वरियता क्रममा एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको छ । ह्यारी ब्रुकको नेतृत्वमा रहेको इङ्गल्याण्डको टिममा जस बटलर, जोफ्रा आर्चर, साम कुरान, आदिल रसिदजस्ता प्रमुख खेलाडीहरू रहेका छन् ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम

इङ्ग्ल्यान्ड टोली

ह्यारी ब्रूक (कप्तान), रेहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, जेकब बेथेल, जोस बटलर, साम करन, लियाम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल राशिद, फिल साल्ट, जोस टङ र ल्यूक वुड।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका