जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय सभामा तालमेल र उम्मेदवार चयनमा गगन थापाको फरक मत (भिडियोसहित)

राष्ट्रिय सभामा तालमेल र उम्मेदवार चयनमा गगन थापाको फरक मत (भिडियोसहित)

ललितपुर । नेपाली काँग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले ९ उम्मेदवारको टुङ्गो लगाएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण,बागमती प्रदेशबाट गीता देवकोटा,गण्डकी प्रदेशबाट जगत तिमल्सिना,लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी,कर्णाली प्रदेशबाट ललितबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवारलाई उम्मेदवार बनाइएको उहाले जानकारी दिनुभयो । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल सहमति भएको छ । जसअनुसार काँग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले एक सिट बाँडफाँट भएको विश्वकर्माले बताउनुभयो ।

राष्ट्रियसभामा अन्य दलसंग तालमेल र उम्मेवार चयन गर्ने बिषयमा कांग्रेस महामन्त्री गगनकुमार थापाले फरक मत राख्नुभएको छ । तालमेलको सैद्धान्तिक आधार नभएको र उम्मेदवार समेत नेताको खल्तीबाट झिकेर चयन गरिएकाले फरक मत राखिएको थापाले बताउनुभयो । उहाले एकलौटी ढंगले उम्मेदवार चयन गरेर केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको मानमर्दन गरिएकाले त्यसको स्वामित्व आफुहरुले नलिने स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले आफुहरुलाई हेप्ने क्रम जारी रहेकाले अव यस्तैगरि पार्टीको काम अघि बढ्न नसक्ने चेतावनी दिनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन हुने र आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका