Tuesday December 7, 2021 | |

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

featured-news

काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नया“ दिल्लीतर्फ जानुभएको छ । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली जानुभएको नेपाली सेनाका प्रवक्ता सन्तोश वल्लभ पौडेलले जानकारी दिनुभएको छ ।

भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको हो । भ्रमण दलमा प्रधान सेनापतिसहित नौं सदस्यीय टोली रहेको सेनाले जनाएको छ । प्रधान सेनापति शर्मालाई यही कार्तिक २४ गते बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम तय भएको पनि नेपाली सेनाले जनाएको छ । शर्माले मंगलबार नै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग भेट गर्नुहुनेछ ।

शर्माको अनुपस्थितीमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने पनि सेनाले जनाएको छ । शर्मा कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार