Wednesday April 24, 2024 | |

भक्तपुरको जगातीमा ४ वटा बस तोडफोड

featured-news

काठमाडौं । सोमबार दिउँसो काठमाडौं – बनेपा रुटमा चल्ने मयुर यातायातका ४ वटा बसमाथि भक्तपुरको जगातीमा तोडफोड भएको छ । बाटोमा लुकेर अज्ञात समूहले बसमा ढुंगा प्रहार गरेरर तोडफोड गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।
४ दिन अघिदेखि मयुर यातायातले निशुल्क वाइफाईसहित सुविधासम्पन्न बसहरु काठमाडौं – बनेपा रुटका लागि सञ्चालनमा ल्याएको थियो ।
काभ्रेका केही यातायात व्यवसायीहरुले शुक्रबार नै बस सञ्चालनमाथि अवरोध गरेका थिए । नेपालमा सबैभन्दा ठूलो सिन्डिकेट अरनिको राजमार्गमा छ । केही सीमित व्यवसायीहरुले थोत्रा बस चलाएर अरुलाई बस चलाउन रोक्दै आएका छन् । सिन्डिकेटका कारण सो रुट प्रयोग गर्ने यात्रुहरु थोत्रा बस चढ्न बाध्य छन् । वाइफाई लगायतको सुविधासहित नयाा बसहरु सुरु भएपछि आफ्नो व्यवसाय खस्कने डरले पुराना व्यवसायीहरुले ढुंगा हान्न लगाएको हुन सक्ने प्रहरी आशंका छ । मयुर यातायातलाई बनेपासम्म रुट पर्मिट नदिन नै दबाब परेको थियो ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार