Friday April 26, 2024 | |

नेपाली सेनाका बहालवाला मेजर ब्राउन सुगरसहित पक्राउ

featured-news

काठमाडौं- प्रहरीले नेपाली सेनाका बहालवाला मेजरलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । नेपाली सेनाका बहालवाला मेजर अजितप्रतापसिंहसहित २ जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको हो । 

कैलालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोका एसएसपी वसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।

विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार