Friday April 26, 2024 | |

रवी लामिछाने थप ५ दिन हिरासत मै रहने

featured-news

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनका प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई थप ५ दिन अनुसन्धानको लागि हिरासतमा राखिने भएको छ  ।  जिल्ला अदालतले चितवनले मंगलबार उनीहरु ३ जनालाई नै थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

थप अनुसन्धान गर्नु पर्ने भएकोले सरकारी वकिलले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्नको लागि अनुमति माग गरेको थियो  । सोहि अनुसार अदालतले म्याद थप गरिदिएको हो  । प्रहरीले जुटाएका तथ्य प्रमाण तथा कानुन व्यवसायीको तर्क सुनिसकेपछि न्यायाधीश गायत्रीप्रसाद रेग्मीले  थप ५ दिन थुन्न अनुमति दिएका हुन्। 

पहिलो पटक दिइएको पाँच दिनको म्याद सोमबार सकिएपछि उनीहरुलाई मंगलबार पुनः अदालतमा पेश गरिएको थियो । बिहान १० बजे नै सरकारी वकिल कार्यालयबाट प्रवेश गराई अदालत लगिएको उनीहरुमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले पाँच दिनको मात्रै अनुमती दिएको हो । मंगलबार अदालतमा पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेज आदि लगायत अन्य रिर्पोटहरु पेश गरिएको थियो ।
 

यस संगै लामिछाने सहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्की शनिवारसम्म हिरासत मै रहने छन् । 

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार