Friday March 29, 2024 | |

लिभिङ टुगेदर: मिलुन्जेल रोमान्स नमिले हत्या, हत्याको १० घण्टामा आरोपी प्रहरी फन्दामा

featured-news

अफलाइनखबर,
काठमाडौं । आइतबार राति करिव ११:३० बजेको समय । काठमाडौंको टोखा स्थित थापासी हाइट जाने बाटोमा एकजना महिलाको शव विच सडकमा छ भन्ने सूचना प्रहरीमा पुग्यो । सूचना पाए लगत्तै महानगरीय प्रहरी बृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुग्यो । महानगरीय प्रहरी पसिर प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार, प्रहरी घटनास्थल पुग्दा महिलाको शव क्षेतविक्षत अवस्थामा विच सडकमा लडिरहेको थियो ।
शवको प्रकृति हेरेपछि महिलाको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अनि, हत्या भएको १२ घन्टा पनि बित्न नपाउँदै हत्या आरोपी पक्रन प्रहरी सफल भयो । राति करिव १० बजेको समयमा घटना घटेको थियो । घटनास्थल पुगे लगत्तै प्रहरीले केही व्यक्ति नियन्त्रणमा लियो । ती मध्यका एक व्यक्तिको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी हत्या आरोपी सम्म पुग्न सफल भयो । विहान करिव ७:३० बजे प्रहरीले पर्सा, ठोरी स्थाइ ठेगाना भई काठमाडौंमा मिस्त्री काम गर्ने विजय तामाङलाई पक्रियो ।
यस कारण भएको थियो हत्या
एसएसपी पोखरेलका अनुसार, सात महिना अघि पर्सा ठोरीका ३० बर्षीय विजय तामाङ र गोर्खा घर भएकी अन्दाजि ३२/३३ बर्षकी पुर्णीमा विकको मजदुरी गर्ने शिलशिलामा काठमाडौंमा भेट भएको थियो । विहे भएपनि श्रीमान सँग छुट्टीएकी पुर्णीमाले विजय सँगै बस्ने निधो गरिन् । त्यसपछि सात महिना देखि उनिहरु काठमाडौंको टोखामा कोठा भाडामा लिएर सँगसँगै बस्न थाले । उनिहरुले विहे चाहीं गरेनन् तर, लिभिङ टुगेदरमा भने रहे । प्रहरीका अनुसार, सुरुमा दुवैजनाको सम्बन्ध राम्रै थियो । पछि पुर्णीमा, कहिले कोठमा आउने त कहिले बाहीर नै बस्ने गर्न थालिन् यो कुरा विजयलाई मन पर्न छाडेको थियो । यही निहुँमा दुवैजनाको बेलाबेलामा झगडा हुन्थ्यो । केहि दिन देखि बिजय सँग छुट्टीएकी पुर्णीमाको आइतबार, एक भट्टि पसलमा भेट भयो । दुवैजना सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिराले लठ्ठीएका विजयले पुर्णीमालाई कोठामा जान आग्रह गरे तर, पुर्णीमाले मानिन् । यही निहुँमा विजयले पुर्णीमा माथि ढुंगा प्रहार गरे र आफू कोठा तिर लागे । तर, ढुंगाको चोटले पुर्णीमाको घटना स्थलमै मृत्यु भयो ।
पुर्णीमाको मृत्यु भएको कुरा विजयलाई थाहा थिएन् । ढुंगा प्रहारपछि विजय अन्य दिन झै कोठामा पुगे । खान पकाएर खाए अनि सुते । सोमबार विहान प्रहरीले उनलाई कोठाबाटै समात्यो । प्रहरीले रगत लतपतिएको लुगा समेत विजयको कोठामा फेला परेको छ । विजयले पनि मदिराको जोश चढेको समयमा आफूले भनेको नमान्दा ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्वीकारेका छन् । अहिले घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । यद्यपी पछिल्लो समय लिभिङ टुगेदर जोडीमा यस्ता समस्या देखिएका घटना भने थुप्रै बाहीर आएका छन् । सुरुमा एकदमै मिल्ने र सँगै बस्ने तर, पछि कुरा नमिल्दा झगडा, बलात्कार, हत्या जस्ता अपराधका घटना हुने गरेका छन् । अर्को तथ्य के छ भने जतिपनि यस्ता घटना भएका छन् ती घटनामा सँधै मदिरा जोडिने गरेको छ । मदिराको सुर चढेपछि हत्या सम्मका अपराध भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार