Friday April 26, 2024 | |

नेपाली सेनाको ‘चिफ कन्क्लेभ’ मा यी पाँचजना भारतीय सेनाका पूर्व सेनाध्यक्ष सहभागी हुने

featured-news

भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्षहरु माथिबाट मनोज मुकुन्द नरवणे, दलबीरसिंह सुहाग, दीपक चोपणा, जोगिन्दरसिंह जसवन्त (जेएस) र विश्वप्रकाश शर्मा र नेपाली सेनाको लोगो ।

नेपाली सेनाले एकदशकपछि फेरि एकपटक भारतका हालका सेनाध्यक्षसहित अवकाशप्राप्त मानार्थ महारथीहरुलाई काठमाडौंमा निम्ताएको छ । सैनिक उच्च अधिकारीहरुमा अनुसार मंगलबार अबेररातीसम्म भारतीय सेनाका अवकाशप्राप्त पाँचजना जनरलहरु नेपाल आउने जानकारी नेपाली सेनाले पाएको छ ।

भारतीय सेनाका हालका सेनाध्यक्ष जनरल मनोज पाण्डेय आउने वा नआउने भन्ने विषय अझै पर्खाइमै रहेपनि भर्खरै अवकाश पाएका जनरल मनोजमुकुन्द नरवणेसहित अन्य चारजना आउने जानकारी सेनाले पाएको हो ।

सेना दिवसको विशेष समारोह (६ फागुन) र त्यसको भोलीपल्ट (७ फागुन) मा आयोजना हुने कन्केल्भमा सहभागि हुन् जनरल नरवणेसहित जनरलहरु दलबीरसिंह सुहाग, दीपक चोपणा, जोगिन्दरसिंह जसवन्त (जेएस) र विश्वप्रकाश शर्मा ५ फागुनमा काठमाडौं आउँदैछन् । उनीहरु ८ फागुनमा निर्धारित कार्यक्रमपछि भारत फर्कनेछन् । सेना दिवसका दिन नेपाली सेना स्थापना भएको २ सय ६० वर्ष पुरा हुँदैछ ।

नेपाली र भारतीय सेनाबीचको विशेष परम्पराअनुसार नेपालका प्रधानसेनापति भारतीय सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी हुन्छन् । सेना प्रमुखको जिम्मेवारी सम्हालेपछि केही महिनाभित्रै अर्को मुलुक गएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान लिने प्रचलन छ ।

कन्क्लेभमा भारतबाट नेपाली सेनाका मानार्थ महारथीहरू, नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरूसहित नेपालमा रहेका राजदूतावासका सैनिक सहचारी उपस्थिति रहने सेनाले जनाएको छ ।

भारतीय सेनाले लामो समयदेखि नेपाली सेनाका वर्तमान र अवकाश प्राप्त प्रधानसेनापतिलाई बोलाएर चिफ कन्क्लेभ गर्दै आइरहेको छ । नेपालले चिफ्स कन्केल्भ पहिलोपटक गर्न लागेको भएपनि सेना दिवसमा तत्कालिन प्रधानसेनापति गौरब शमशेर राणाको कार्यकालमा यसरी नै मानार्थ महारथीहरुलाई निम्ताइएको थियो ।

सेनाले चिफ कन्केल्भमा क्षेत्रिय सुरक्षा सहकार्य, सुरक्षा चुनौती, विपत् तथा आपतकालिन अवस्थामा सैनिक सहकार्य र बद्लिदो सुरक्षा चुनौतीका विषयमा छलफल गर्नेछ ।

यसमा तपाईको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

विज्ञापन

सम्बन्धित समाचार